पार्टी र नेता नसच्चिएसम्म देश विकास हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए । उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरुले आफ्नो कार्यभार निभाउनुपर्ने बताए । गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउन जरुरी रहेको बताए ।

राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नु आवश्यक रहेको बताए ।

गृहमन्त्री श्रेष्ठले देशको विकासलाई फड्कोमा पु¥याउने सरकारले लक्ष्य रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *