बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट (पूर्णपाठ)

काठमाडौँ । बागमती प्रदेशले नयाँ आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सरकारले ल्याएको उक्त बजेटमा कुल विनियोजित रकम मध्ये चालु खर्चतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार बिनियोजन गरिएको छ । त्यस्तै, पूँजीगत खर्चतर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरिएको छ ।

प्रतिशतका हिसाबले चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत बिनियोजन गरिएको छ ।

बागमती सरकारले कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, अन्य राजस्व ५ अर्ब २६ करोड ९४ लाख र संघीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख प्राप्त हुने अनुमान गरेको छ ।

चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख प्राप्त हुने र यीनै स्रोतबाट बजेट जुटाइने उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *