शिक्षा इकाई धनुषाका प्रमुख शर्मालाई कालोमोसो

जनकपुरधाम । भ्रष्टाचार गरेको आरोप लगाउँदै शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्तप्रसाद शर्मालाई कालोमोसो दलिएको छ ।

शुक्रबार दिउँसो करिब एक दर्जनको समूहमा अज्ञात युवाहरू इकाईको कार्यालय पुगी प्रमुख शर्मालाई कालोमोसो दलेका हुन् । कालोमोसो दल्नेहरूको पहिचान भने खुल्न सकेको छैन । प्रमुख शर्मालाई कालोमोसो दलेर युवाहरुले भ्रष्ट इकाई प्रमुख मुर्दावादको नारा लगाएर कार्यालयबाट बाहिरिएको जनाइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले घटनाको बारेमा जानकारी आएको र अनुसन्धान भइरहेको बताए । उनले कालोमोसो दल्नेहरूको खोजी कार्य भइरहेको जनाए ।

शिक्षक सरुवा, पदस्थापना लगायतको कार्यमा घुस खाएको भन्दै शर्मालाई कालोमोसो दलिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *