कहाँ-कहाँ पुग्यो मनसुन ? यस्तो छ तीन दिनको मौसमी जानकारी
मकालु खबर
२०८० असार २ गते
काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
मकालु खबर
२०८० असार २ गते
प्रतिक्रिया
सम्बन्धित