पोर्चुगलले लगातार तेस्रो जित निकाल्दा बेल्जियम रोकियो, नर्वेको हार (अन्य नतिजासहित)
काठमाडौँ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नानडेजले दुई गोल गरेका थिए भने बेर्नानडो सिल्भाले एक गोल गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डो आफ्नो १९९ अन्तर्राष्ट्रिय खेलेपनि गोल भने गर्न सकेनन् । रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १२२ गोल गर्दै सबैभन्दा बढी गोलको कीर्तिमान आफ्नो नाममा राखिरहेका छन् ।
समूह ए’को खेलमा स्कटल्याण्डले नर्वेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । स्कटल्याण्डले १–० गोल अन्तरले पछि परेको अवस्थामा कमब्याक गर्दै जित हासिल गरेको थियो । स्कटल्याण्डको जितमा लिन्डोन डिक्स र केनी म्याकलीनले एक एक गोल गरेका थिए । यसअघि नर्वेका लागि इर्लिंग हालाण्डले पेनाल्टीमार्फत गोल गरेका थिए ।
अन्य नतिजा :-