सेबाेनले अर्थ समितिको निर्देशन मान्नु पर्दैन, ब्रोकर लाइसेन्स छिटाे दिनुस् : दलाल व्यवसायी
मकालु खबर
२०८० असार ३ गते
काठमाडौँ । नयाँ धितोपत्र दलाल व्ययवसायीले धितोपत्र बोर्ड संसदको अर्थ समितिको निर्देशन मान्न बाध्य नरहेको भन्दै आफूहरुले धितोपत्र दलाल व्यवसायीको लाइसन्से अविलम्ब पाउनु पर्ने माग गरेका छन् । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले यस्तो माग गरेका हुन् ।
उनीहरुले धितोपत्र बोर्ड धितोपत्र क्षेत्रको स्वायत्त नियमनकारी निकाय भएको र संसदको अर्थ समिति धितोपत्र क्षेत्रको नियामक नभएको भन्दै समितिको निर्देशन मान्नु नपर्ने दाबी गरेको हो ।
धितोपत्र दलाल व्यवसायको लाइसेन्स लिन आफूहरुले ४३ वटा नयाँ कम्पनीमा ४० करोड रुपैयाँ लगानी गरिरहेको उनीहरुले बताएका छन् । त्यस्तै, मासिक ४ करोड रुपैयाँ खञ्चालन खर्च भइरहेको भन्दै उनीहरुले आफूहरुलाई धितोपत्र दलाल दाइसेन्स तत्काल दिन माग गरेका हुन् ।
मकालु खबर
२०८० असार ३ गते
प्रतिक्रिया
सम्बन्धित