बालेनको पछिपछि पोखरेली मेयर आचार्य, भनेः आदिपुरुषको संवाद आपत्तिजनक छ

पोखरा । भारतीय चलचित्र आदिपुरुषको चौतर्फी आलोचना र विरोध छ। सीता भारतकी छोरी भन्ने संवादको विरोध गर्दै काठमाडौंका मेयर बालेन्द्र शाहले फिल्म महानगरभरी सञ्चालन हुन नदिने घोषणा गरे। यसो गरेवापत बालेन्द्रको समर्थन गर्नेहरु बढे।

त्यसमाथि उक्त फिल्मका लेखक मनोज मुन्तसिर शुक्लाले नेपाल भारतको अंश भनि दिएको प्रतिक्रियाको विरोधले अहिले चलचिलत्र बजार मात्रै होइन, दुई देशको राजनीति समेत तातेको छ । उक्त अन्तरबार्ता आपत्तिजनक भएको बालेनको तर्क छ।

फिल्म आदिपुरुषको चर्चा चलेको ३ दिनपछि पोखराका मेयर धनराज आचार्यले पनि काठमाडौंकै मेयरको शैलीमा विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भने, ‘मनोजको नेपाल भारत को अँश थियो भन्ने अन्तरबार्ता घोर आपत्तिजनक छ । सार्वभौम नेपालका लागि यस प्रकार का अभिब्यक्ति सैह्य हुदैन।’

मेयर आचार्यलाई पोखरामा पनि भारतीय चलचित्र बन्द गर्ने निर्णय लिन सामाजिक सञ्जाल मार्फत दवाव सिर्जना गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *