राजदूत शंकर शर्मालाई फिर्ता बोलाएर स्पष्टीकरण सोध्न सांसद सुवालको माग

काठमाडौँ । भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई फिर्ता बोलाएर स्पष्टीकरण सोध्नु पर्ने माग संसदमा उठेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजदूत शर्माले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै उनलाई फिर्ता बोलाएर स्पष्टीकरण सोध्न माग गरेका हुन् ।

‘नेपालमा भारतमात्रै देखिएको र भारतको अखण्ड भारतको नक्साले नेपाललाई कुनै प्रभाव नपर्ने भनेर राजदूत शर्माले दिएको अभिव्यक्ति आपक्तिजनक भएको उनले बताएका छन् ।

प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीभन्दा अघि बढेर राजदूत शर्माले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाभन्दा बाहिर रहेको उनको भनाइ छ ।

‘भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपालमा चीन कता छ र ? जताततै भारत नै देख्छु, चीनको बीआरआईले लोन (ऋण) दिन्छ, सर्त पनि राम्रो छैन, ‘डेब्ट ट्र्याप’मा पार्छन् भनेको र अखण्ड भारतको नक्साले कुनै इफेक्ट गर्ने कुरा रहँदैन भनेर बताएको भनेर नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत बोल्नुभयो,’ सांसद सुवालले भने, ‘तत्काल राजदूतलाई परराष्ट्र मन्त्रालयले फिर्ता ल्याउनुपर्‍यो र स्पष्टीकरण सोध्नुपर्छ । राजदूतले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले भन्दा अघि असंलग्नताभन्दा अगाडि बढेर बोलिरहेको छ ।’

उनले राजदूत शर्माप्रति एक्सन लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *