प्रहरीले छोडेपछि अनसन बस्ने तयारीमा त्रिविका उपप्राध्यापक प्रेम चलाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले छाडेको छ । अभियान्ता गणेश थापाको रोहबरमा उनीलाई प्रहरीले छोडेको हो । आफूमाथि कुटपिट गरी ज्यामार्ने उद्योग गरेको अभियानमा अदालतमा हालिएको मुद्दा फिर्ता लिने तयारी सरकारले गरेपछि उनले त्यसको विरोधमा सोमबार जिल्ला अअदालत काठमाडौँ पुगेका थिए ।

प्रहरीले भने उनसहितका केही व्यक्तिलाई पक्राउ गरेर अदालतपरिसरबाटै प्रहरी वृत्त सिंहदरबामा राखेको थियो ।

सोमबार नै ५ बजे उनले त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालयमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराउने तयारी गरेका छन् ।

३० जेठमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो ।

२०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत ७ जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए । त्रिविमा नेविसंघले लगाएको ताला ती प्राध्यापकले खोलेपछि उनीमाथि नेविसंघका विद्यार्थीले कुटपिट गरेका थिए ।

आफूले न्याय पाउने आश गरिएको मुद्दा सरकारले नै फिर्ता लिने तयारी गरेपछि उनी सोमबारदेखि उच्च अदालतमा अनसन सुरु गर्ने गरी पुगेका थिए । फेरि अनसनमा बस्ने उनको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *