बाढी-पहिरो पीडित परिवारलाई कोशी सरकारले एक लाखका दरले दिने

कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए।

बाढीपहिरोमा परी घाइते भएकारुको उपचार गर्न प्रति व्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता सिटौलाले बताए ।

त्यसैगरी वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णयसमेत भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *