राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु आजको आवश्यकता : सभामुख घिमिरे

कठमाडौँ । सभामुख देवराज घिमिरेले लोप हुन लागेका राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

मंगलबार नाचघरमा आयोजित राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानको ५१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आज संस्कृतिको क्षेत्रमा ठूला चुनौती रहेको र त्यसलाई संस्थानले महत्वपूर्ण रुपमा लिँदै अघि बढ्नुपर्ने बताए । उनले अनुशासनमा बाँधिएको संस्कृति विकास गर्ने, ठूलालाई कदर र सानालाई माया गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको बताए । उनले विभिन्न धर्म, संस्कार र संस्कृतिका परम्पराहरु विभिन्न खालका कलाहरुमा साहित्य, संगीत, नाट्यमा अभिव्यक्त हुनु राम्रो पक्ष भएको बताए ।

सभामुख घिमिरेले पुराना र लोपोन्मुख कला र संस्कृतिको जगेर्ना गर्न राष्ट्रिय नाचघरले महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *