बालेनले भारतीय फिल्म प्रतिबन्ध गरेपछि रुष्ट शिक्षा सल्लाहकार अर्यालद्वारा राजीनामा
मकालु खबर
२०८० असार ६ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) की शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् । मेयर शाह लोकतान्त्रिक पद्धतिबाट अघि बढ्नेभन्दा पनि भीडको पछि लागको आरोप लगाउँदै बुधबार पदबाट राजीनामा दिएकी हुन् ।
पछिल्लो समय काठमाडौँ महानगरको शिक्षा सुधारमा भूमिका निर्वाह गरेकी आर्यालले सामाजिक सञ्जालमार्फत आफूले पदबाट राजीनामा दिएको सार्वजनिक गरेकी हुन् ।
मेयर बालेन्द्र शाहले आदिपुरुषमा भएको विवादीत आशयको संवादका कारण काठमाडौँमा रोक्ने निर्णय गरेपछि उनी मेयर शाहसँग आक्रोशित भएको बुझिएको छ । उनका श्रीमान भाष्कर ढुंगाना क्युएफएक्स सिनेमा कम्पनीका सञ्चालन गर्ने टिम क्वेस्ट प्रालिका निर्देशक हुन् ।
उनी गत वर्षको भदौमा काठमाडौँ महानगरको शिक्षा सल्लाहारमा नियुक्त भएकी थिइन् ।
मकालु खबर
२०८० असार ६ गते
प्रतिक्रिया
सम्बन्धित