कुवेतसँग नेपाल ३–१ गोल अन्तरले पराजित
काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भारतको बैंलोरस्थिति बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबारको भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
कुबेटका लागि कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक–एक गोल गरे ।
नेपालका अन्जन विष्टले फर्काएको १ गोलबाहेक अन्य गोल हुन सकेन ।
खेलको २३ औँ मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ४२ औँ मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ६५ औँ मिनेटमा मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाएका थिए ।
नेपालका लागि भने खेलेको ६८ औँ मिनेटमा अन्जन विष्टले एक गोल फर्काए ।
यो खेलबाट समूह ‘ए’ मा रहेको कुवेतले ३ अंक जोडेको छ ।
यस संस्करणको साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागिता रहेको छ।
यस संस्करणको खेलमा नेपाल, भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले खेल्ने भएका छन् । कुबेट र लेबनान भने आमन्त्रित टोलीका रुपमा रहेका छन् ।
अब नेपालले दोस्रो खेल शनिबार आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा अन्तिम खेल भने पाकिस्तानसँग खेल्ने छ ।