टाइटनिक हेर्न समुद्रको गहिराइमा गएका ५ अर्बपति पर्यटक बेपत्ता, खोजी जारी

एजेन्सी । एट्लान्टिक महासागरको ४ हजार गहिराइमा डुबेको टाइटानिक जहाजको भग्नावशेष हेर्न पन्डुब्बी जहाजमा बसेर गएका ५ अर्बपति पर्यटक ५ दिनदेखि बेपत्ता रहेका छन् । आइतबार साँझ समुद्रतर्फ गएका उनीहरु बेपत्ताभएका हुन् । अहिले उक्त पन्डुब्बीलाई खोज्न उद्दारकर्ताहरु लागि परेका छन् ।

ओसन गेट कम्पनीको उक्त पन्डुब्बीले झण्डै १०० वर्षअघि डुबेको विश्वकै आलिशासन तथा लग्जरियस टाइटानिक जहाजको भग्नावेशन हेर्न अर्बपति पर्यटकलाई लिएर गएको थियो । क्यानडाको समुद्री सतहबाट समुद्रको गहिराइतर्फ प्रवेश गरेको उक्त पन्डुब्बी २ घण्टापछि नै सम्पर्कविहीन भएको थियो ।

यो पन्डुम्बीमा जम्मा ९६ घण्टालाई पुग्ने अक्सिन बोक्न सक्ने क्षमताको थियो । तर, उक्त ९६ घण्टा पनि बितिसक्दासमेत पन्डुब्बीको पत्ता नलाग्दा चिन्ता बढेको छ ।

सरकारी एजेन्सीहरू, अमेरिकी–क्यानडा नौसेना बल र व्यावसायिक रूपमा गहिरो समुद्रमा जाने कम्पनीहरूले यो पनडुब्बीको खोजी गरिरहेका छन्।

उक्त पनडुब्बीमा पाकिस्तानका अर्बपति व्यापारी प्रिन्स दाउद र उनका छोरा सुलेमान र बेलायती व्यापारी हमिस हार्डिङ पनि रहेका छन्। यात्रामा निस्कनु अघि हार्डिङले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए– ‘म टाइटानिकको भग्नावशेषको अभियानको हिस्सा हुँ भन्न पाउँदा गर्व लाग्छ।’

प्रिन्स दाउदको बारेमा भनिएको छ कि उनी पाकिस्तानको सबैभन्दा धनी परिवार मध्ये एक हुन् । उनी एसईटीआई संस्थानका ट्रस्टी पनि हुन् । पनडुब्बीका पाइलटको नाम पल हेनरी हो र उनी फ्रान्सका बासिन्दा हुन् ।

न्यूयोर्क टाइम्सका अनुसार यो पनडुब्बीमा यात्रा गर्न पर्यटकले ३ करोड ६४ लाखभन्दा बढी शुल्कण्तिर्नुपर्ने हुन्छ। यो यात्रा न्यू फाउन्डल्याण्डको सेन्ट जोन्सबाट सुरु हुन्छ। टाइटानिकको भग्नावशेषसम्म पुग्न र निस्कन आठ घण्टा लाग्थ्यो ।

ओसेन्गेटको वेबसाइटका अनुसार कम्पनिका तीनवटा पनडुब्बी छन् तर टाइटानिकको भग्नावशेषसम्म पुग्न टाइटन मात्र सक्षम छ। यस पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम रहेको र कम्पनीको वेवसाइटका अनुसार सो पनडुब्बी १३ हजार १०० फिटको गहिराइमा पुग्न सक्छ । यो पनडुब्बीमा पाँच यात्रुका लागि ९६ घण्टा जीवन बचाउने अक्सिजन छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *