प्रचण्डको नेतृत्वले मात्र देशले समृद्धिको जग हाल्न सक्छ : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठुलो सम्भावना रहेको बताएका छन् ।
शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव कार्यक्रमको पूर्व सन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै यस्तो बताए ।
उनले प्रधानमन्त्री दाहालकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताए । उनले भूगोलका हिसाबले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको बताए ।
उनले भने, ‘अब सुशासन कायम गर्नुपर्नेछ । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्नसक्ने ठुलो सम्भावना छ । हाम्रो भूगोल सानो छ । उत्तर दक्षिणतर्फ हाम्रा ठुला देशहरू छन् । तर संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनु पर्छ । साहित्य संस्कृतिमा तपाईँहरूले योगदान गरिदिनुहोस्, हामी सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा र समृद्धिको पक्षमाजस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौँ ।’
मन्त्री किराँतीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा र भ्रष्टाचारको विरुद्धमा सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताए ।