साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै
साफ च्याम्पियनसिप फुटबलमा आज राति नेपाल र भारत भिड्ने भएका छन्।
दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको दोस्रो खेलमा नेपालले छिमेकी राष्ट्र भारतको सामना गर्न लागेको हो।
पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको नेपाललाई अघिल्लो चरणको सम्भावनालाई कायम राख्न आयोजक भारतविरुद्धको खेल जित्न पर्ने दबाब छ।
भारतले भने पहिलो खेलमा पाकिस्तानमाथि ४–० को फराकिलो जित निकालेको छ।
आजको खेल जिते भारत अन्तिम खेल अघि नै सेपिमफाइनलमा पुग्ने छ। अर्को खेलमा कुवेत लगातार दोस्रो जितसहित सेमिफाइनलमा पुगिसकेको छ।
नेपाल र भारतबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।
साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपालले एक पटक मात्र भारतलाई हराउन सकेको छ । सन् २०१३ मा घरेलु मैदानमा भएको च्याम्पिनसिपको समूह चरणमा २–१ ले हराएको थियो ।
आठ पटकको च्याम्पियन भारत नेपालमाथी सधैं हाबी हुँदै आएको छ।
साफ इतिहासमै गत संस्करणमा फाइनल पुगेको नेपाल भारतसँगै ३–० ले पराजित भएको थियो।