नेपाल साफ च्याम्पियनसिप फुटबलको समूहचरणबाटै बाहिरियो, भारतसँग २–० ले पराजित

साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। शनिबार बेलुकी भारतसँग २–० ले पराजित हुँदा नेपाल अन्तिम खेल अघिनै समूह चरणबाटै बाहिरिने पक्का भएको हो।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा भारतका तर्फबाट ६१ औँ मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ६९ औं मिनेटमा महेश सिंह नोरिमले गोल गर्दै भारतलाई २(० को अग्रता दिलाएका थिए ।

पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको नेपालले अन्तिम खेल अब पाकिस्तानसँग खेल्ने छ। पाकिस्तान पनि लगातारको पराजयपछि समूह चरणबाटै

बाहिरिएको छ। यो समूहबाट भारत र कुवेत सेमिफाइनलमा प्रवेश गरेका छन्।

अन्तिम खेलमा भारत र कुवेत तथा नेपाल र पाकिस्तान भिड्ने छन्।

भारतले भने पहिलो खेलमा पाकिस्तानमाथि ४–० को फराकिलो जित निकालेको छ।

साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपालले एक पटक मात्र भारतलाई हराउन सकेको छ । सन् २०१३ मा घरेलु मैदानमा भएको च्याम्पिनसिपको समूह चरणमा २–१ ले हराएको थियो ।

आठ पटकको च्याम्पियन भारत नेपालमाथी सधैं हाबी हुँदै आएको छ।

साफ इतिहासमै गत संस्करणमा फाइनल पुगेको नेपाल भारतसँगै ३–० ले पराजित भएको थियो।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *