पोखराको बजेट ७ अर्व
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सवा ७ अर्बको बजेट ल्याएको छ ।
आगामी वर्ष कार्यान्वयन हुने गरी उपमेयर मन्जुदेवी गुरुङले ७ अर्व १५ करोडको बजेट प्रश्तुत गरेकी हुन् । यो बजेट चालू वर्षभन्दा १ अर्ब ८४ करोड रुपैयाँ कम हो ।
पोखराले चालू वर्षमा ८ अर्ब ९९ करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।
आगामी वर्षका लागि संघ सरकारले २ अर्ब ७६ करोड अनुदान दिनेछ भने प्रदेश सरकारले १० करोड २३ लाख अनुदान दिने बजेटमा उल्लेख छ ।
पोखराले २ अर्व २७ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ । संघ सरकारले राजश्व बाँडफाँट मार्फत ३६ करोड ६२ लाख रुपैयाँ उपलब्ध गराउने छ भने प्रदेशले राजश्व बाँडफाँटमै ८ करोड २५ लाख दिने छ ।
स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड र शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख आम्दानी गर्ने अनुमान रहेको गुरुङले बताइन् ।
४५ करोड रुपैयाँ चालू वर्षमा खर्च हुन नसकेर मौज्दात रहने बताइएको छ । पोखराले सबैभन्दा बढी पूर्वाधारमा २ अर्व विनियोजन गरेको छ।