आफै अस्पताल आएका वडाध्यक्षको निधन
मकालु खबर
२०८० असार ११ गते
काठमाडौँ । दार्चुलामा एक वडाध्यक्षको मृत्यु भएको छ । आइतबार आफै अस्पताल पुगेका जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनोरथ भट्टको मृत्यु भएको हो ।
उनी स्वास्थ्यमा समस्या देखिएपछि भट्ट जिल्ला अस्पताल दार्चुला आएका थिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरेका भट्ट सोमबार बिहान धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिकाको बगौरामा मृत्यु भएको हो ।
भट्टका आफन्त नवराज भट्टकाअनुसार अहिले मृतक भट्टको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।
मकालु खबर
२०८० असार ११ गते
प्रतिक्रिया
सम्बन्धित