ललिता निवास जग्गा काण्डमा पक्राउ पर्नेको संख्या ६ पुग्यो

काठमाडौँ । बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पास गर्ने प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेको छ । यो सहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । यसअघि मालपोत कार्यालयका तत्कालिन प्रमुख कलाधर देउजा र तत्कालिन कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी पक्राउ परेका थिए ।

त्यस्तै, मंगलबार नै प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई नक्सालस्थित उनकै निजी निवासबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुलाई अदालतमा उपस्थित गराएर हिरासतमा राख्न म्याद लिने र सरकारी कागज किर्ते गरेको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जना दोषी देखिएको भन्दै उनीहरुविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । केही समय सेलाएको यो मुद्दा सरकारले फेरि ब्युँताएर अनुसन्धान अघि बढाएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *