ललिता निवास काण्ड : पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहसहित पक्राउ पर्ने ७ पुगे
मकालु खबर
२०८० असार १२ गते
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पास गर्ने प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन् । उनी २०७३ भदौदेखि २०७५ चैतसम्म निर्वाचन आयुक्तको पदमा रहेका थिए ।
उनी समेत मंगलबार यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।
यसअघि डिल्ली बजार मालपात कार्यालयका तत्कालिन प्रमुखसहित ५ जना र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परिसकेका छन् । यो प्रकरणमा १७५ जना दोषी रहेको भन्दै उनीहरुलाई मुद्दा चलाउन अख्तियार दुरुपयोग आयोगको अनुसन्धान प्रतिवेदनले सिफारिस गरेको थियो ।
मकालु खबर
२०८० असार १२ गते
प्रतिक्रिया
सम्बन्धित