अमेरिकी वाणिज्य दूतावासनजिक गोली चल्यो, नेपाली सुरक्षागार्डको मृत्यु

काठमाडौँ ।  साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चलेको छ । बुधबार गोली लागेर वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको हो ।

वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते र पछि मृत्यु भएको बताइएको छ । नेपाली मृतक गार्डको बारेमा थप जानकारी भने खुलिसकेको छैन ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन । गोली प्रहारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *