एउटाले अर्को कलाकारलाई सम्मान गर्ने परम्परा बनाऔँ : मदनकृष्ण श्रेष्ठ
मकालु खबर
२०८० असार १५ गते
काठमाडौँ । व्यंग्यकवि शैलेन्द्र सिम्खडाले सरकारबाट पाउने सम्मान भन्दा एउटा कलाकारले अर्को कलाकारलाई दिएको सम्मान आफ्नो लागि महत्वपूर्ण रहेको बताएका छन् ।
शुक्रबार ललितपुरमा अभिनेता किरण केसीले आफ्नो जन्मदिनको अवसरमा दिएको सम्मान ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको फारम भरेर, फोटो टाँसेर पाएको सम्मान भन्दा आत्मीय सम्मान ठूलो कुरा भएको बताए । उनले बाहिर बसेका मानिसलाई व्यङ्ग्य गरेर कुनै फाइदा नभएको बताए ।
आफ्नो जन्मदिनको अवसरमा बोल्दै अभिनेता किरण केसीले आफूले आफ्नो विधाका मानिसलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । यो अभियान आफूले १४ वर्ष पहिलाबाट नै सुरु गरेको भन्दै आफ्ना क्षेत्रका कलाकारहरूलाई सम्मान गरेको जसमा दुई हास्य कलाकार र दुई कलाकारितामा दुई पत्रकारलाई सम्मान गर्ने गरेको बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले जन्मदिनमा एकले अर्को कलाकारलाई सम्मान गर्ने कुराले जन्मदिन नेपाली कलाकारका लागि चाडको रूपमा परिवर्तन हुँदै गएकोले सबैले अनुसरण गर्नुपर्ने बताए । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने कुरा परम्पराका रूपमा विकास हुनुपर्ने बताए ।
अभिनेता केसीले आफ्नो जन्मदिनको अवसरमा व्यंग्यकवि शैलेन्द्र सिम्खडा र हास्य कलाकार शिवहरि वैरागी नेपाललाई सम्मान गरे ।
मकालु खबर
२०८० असार १५ गते
प्रतिक्रिया
सम्बन्धित