कोसीमा विपक्षीले थाले सरकार गठनको कसरत
कोसी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै विपक्षी दलहरुले सत्ता गठनको कसरत सुरु गरेका छन्।
शुक्रबार नै प्रदेश सभा सचिवालयले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री हिकमत कार्कीले विश्वासको मत नपाएको जानकारी गराएको छ।
प्रदेश सभामा एमाले नेतृत्वको सरकारले विश्वासको मत हासिल गर्न नसकेको व्यहोरासहितको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएको हो।
यससँगै नयाँ सरकार गठन हुने प्रक्रिया अघि बढेको छ।
अर्को सरकार नबनुञ्जेलसम्म यही सरकारले कामकारबाही गर्ने छ। तर प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आज भोलि नै आह्वान गर्नेछन्।
यसका लागि प्रतिपक्षी दलबीच छलफल सुरु भइसकेका कांग्रेसका प्रमेख सचेतक भूपेन्द्र राईले जानकारी दिए।
विपक्षी दललाई सरकार बनाउन अहिले सरकारमा रहेको राप्रपाको समेत साथ आवश्यक पर्छ। राप्रपाले गठबन्धन परिवर्तन नगरे विपक्षी दलको सरकार बन्नसक्ने अवस्था छैन।
हिक्मतकुमार कार्की गत पुस २४ गते मुख्यमन्त्री बनेका थिए।