पत्रकारिता समाजको ऐना हो : उपसभामुख राना (भिडिओ)

उपसभामुख इन्दिरा रानाले पत्रकारिता समाजको ऐना भएको बताएकी छिन् ।

शनिवार काठमाडौँमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताइन् । उनले सुशासनका लागि पहिलो खुड्किला नै पत्रकारिता भएकाले यसको संरक्षण र संवर्द्धन गर्नुपर्ने बताइन् । उनले जबाफदेहिता, सुशासन, पारदर्शिता पत्रकारिताबाट नै सम्भव रहेको बताइन् । जनताले चुनेर पठाएका सांसदहले संसदमा प्रस्तुत हुँदा मेहनतका साथ आफ्ना अभिव्यक्ति दिनुपर्ने बताइन् ।

उनी भन्छिन्, ‘पत्रकारहरू देशको चौथो अंग होइन समाजको ऐना हो । सुशासनको पहिलो चरण नै पत्रकारिता हो । किनभने भने हामी जबाफदेहिता, सुशासन, पारदर्शिताको कुरा पत्रकारले दिने हो । प्रतिनिधि सभाका सदस्यहरू कति तयारीमा आउनुभएको छ ? भन्ने कुरा जनताले हेरेर बस्छन् । जनताले चुनेपछि हामीले मेहनत गर्नुपर्छ ।’

उपसभामुख रानाले संसदलाई राम्रो र व्यवस्थित बनाउन सांसदहरुले पनि आफ्नो भनाइहरू मर्यादित रूपमा राख्न सक्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *