सञ्चार क्षेत्रका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे (भिडिओ)
सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताएका छन् ।
शनिवार काठमाडौँमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले सञ्चार क्षेत्रको महत्त्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताए । उनले सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने बताए । उनले सञ्चारमाध्यमको महत्त्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
उनी भन्छन्, ‘सञ्चार क्षेत्रको महत्त्व धेरै छ, सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा न सैद्धान्तिक रूपबाट न दार्शनिक, न व्यवहारिक न अहिलेको हाम्रो अवस्थाको रूपबाट जरुरी छैन । तर यसमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्छ, ठिक दिशा निर्देशन गर्ने, यसको महत्त्व बढाउने, समाजवाद निर्माण गर्ने बाटो देखाउने कुरा महत्त्वपूर्ण छ । संसद्का सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्षहरूको भूमिकालाई सही दिशा निर्देश गर्नेकुरामा यहाँहरूको भूमिका रहनेछ ।’
सभामुख घिमिरेले सभामुखको भूमिका प्रभावकारी बनाउन र संसदलार्य प्रभावकारी रूपमा व्यवस्थित रूपमा सञ्चालन गर्नेकुरामा आफूले महत्त्वपूर्ण भूमिका खेल्नेकुरामा बढी ध्यान दिने बताए ।
सञ्चार क्षेत्रका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे#makalukhabar pic.twitter.com/u0zdBoyCWq
— Makalu Khabar (@makalukhabar) July 1, 2023