आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने तयारी
मकालु खबर
२०८० असार १७ गते
काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्ने गरी बोलाइएको हो ।
आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयक माथि प्राप्त संशाेधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सो राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशाेधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
मकालु खबर
२०८० असार १७ गते
प्रतिक्रिया
सम्बन्धित