ललिता निवासभित्रका अस्थायी संरचना हटाउन महानगरको २४ घन्टे अल्टिमेटम
मकालु खबर
२०८० असार १७ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवासभित्रका अस्थायी संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।
ललिता निवासभित्र खडा गरिएका अस्थायी संरचना हटाउन २४ घन्टे मौखिक अल्टिमेटम दिइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले बताए ।
उक्त क्षेत्रमा रहेका संरचना हटाएर घेराबेरा गर्न महानगरको प्रहरी टोली आज त्यहाँ गएको थियो ।
लिलिता निवासको सरकारी जग्गा व्यक्तिको नामा ल्याउनेहरुविरुद्ध प्रहरीले कारवाही सुरु गरेपछि अहिले महानगरले पनि उक्त जग्गालाई घेराबेरा लगाएर संरक्षण गर्न लागेको हो ।
मकालु खबर
२०८० असार १७ गते
प्रतिक्रिया
सम्बन्धित