ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ
मकालु खबर
२०८० असार १७ गते
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा किर्ते गरी पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई छन् ।
महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौँ महानगरका अधिकृत हुन् । त्यस्तै कार्की मालपोत कार्यालयका कर्मचारी हुन् ।
मकालु खबर
२०८० असार १७ गते
प्रतिक्रिया
One thought on “ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ”
Leave a Reply Cancel reply
सम्बन्धित
सबै मिलेर किर्ते गरेकारहेछ्न।यिनलाई जेलमा सडाउनु पर्छ र जग्गामा सरकार ले काडेतार लगाउनु पर्छ ।prachand sarkar n jay balen sir🇳🇵