डेंगु संक्रमित इन्जिनियरको मृत्यु, रत्नहरी अस्पतालमा तालाबन्दी

काठमाडौँ । तनहुँमा डेंगु संक्रमित एक इन्जिनियरको मृत्यु भएको छ । डेंगुको सङ्क्रमणबाट व्यास नगरपालिकाको घर नक्सा शाखामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको मृत्यु भएको हो ।

व्यास नगरपालिका-१० दुम्सी निवासी शर्माको शनिबार राति ९ बजे पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शर्मा बिरामी भएपछि असार १३ गते दमौली स्थित रत्नहरी अस्पतालमा भर्ना भएका थिए । बिरामीको स्वास्थ्यमा सुधार हुँदै गएकोमा एक्कासि बिरामीले पेट धेरै दुख्यो भनेपछि एम्बुलेन्स राखेर पोखरा लैजाने क्रममा मृत्यु भएको अस्पतालका सञ्चालक ताराप्रसाद श्रेष्ठको भनाई छ ।

उनले भने, ‘स्वास्थ्य परीक्षणको क्रममा डेंगी लागेको पुष्टि भयो निको भइरहेको थियो, बिरामी राम्रोसँग बोलिरहनु भएको तर अचानक बिरामीले पेट फूलेको बताएर पोखरा जान्छु भनेपछि रिफर गरेका हौँ ।’

शर्माको मृत्युपछि आक्रोशित स्थानीयले अस्पतालमा तालाबन्दी गरिदिएका छन् । अस्पतालले समयमा नै रिफर गरिदिएको भए बिरामीको निधन नहुने र अस्पताल मापदण्ड अनुसार सञ्चालन भएको या नभएको बारे छानबिनको माग राखेर तालाबन्दी गरिदिएको स्थानीय बासिन्दा श्रीकृष्ण आचार्यले बताए । उपचार गर्ने डाक्टरले मानवीय संवेदनशीलतालाई ख्याल नगरीकन बोलेकोले तालाबन्दी गर्नु परेको आचार्यको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *