एनएमबि बैंकले ल्यायो नि:शुल्क फण्ड ट्रान्सफर र डेबिट कार्ड सेवा

काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेस्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ ।

अफरअनुसार ग्राहकले इएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् ।

बैंकका अनुसार परिवार र साथीलाई पैसा पठाउन वा व्यापारिक लेनदेन गर्न यो अफरले ग्राहकलाई सहज बनाउने छ । अफर श्रावण मसान्तसम्म लागु हुनेछ ।

त्यस्तै एनएमबि बैंकले असार २०८० सम्म आफ्ना ग्राहकलाई नि:शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकले कुनै पनि शुल्क बिना नै डेबिट कार्ड प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *