चुनाव हारेको ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने व्यस्था आयोगद्वारा प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले एउटा तहको निर्वाचनमा पराजित भएको व्यक्तिले अर्को ५ वर्षसम्म अर्को तहको चुनावमा उम्मेवार बन्न नपाउने कानुन प्रस्ताव गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा यस्तो व्यवस्थाको प्रस्ताव गरेको हो ।

संघीय संसद, प्रदेशसभा वा स्थानीय तह निर्वाचनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपचुनावबाहेक कुनै पनि तहमा त्यो कार्यकाल उम्मेदवार हुन नपाउने प्रस्ताव गरेको हो ।

यस्तो छ आयोगको विज्ञप्ति

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *