हनुमानढोका परिसरभित्र सवारीसाधन लैजान नपाइने
मकालु खबर
२०८० असार १९ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ ।
सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो । महानगरपालिकाले न्युरोडको सालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए ।
उनले सोमवारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधवार मेयर बालेन्द्र साह र सम्पदा क्षेत्रका अधिकारीहरूसँग बैठक बसी थप निर्णय गरिने बताए । उनले सम्पदा क्षेत्रमा जानेहरूका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने बताए । त्यस्तै अर्का महानगर प्रहरी ध्रुव सिंह थापाले एम्बुलेन्स र दमकल बाहेकका सवारी साधन सम्पदा क्षेत्रमा प्रवेश नदिएको बताए ।
उनले भने ‘सालिक गेटदेखि यता सम्पदा क्षेत्र भित्र चाहिँ प्रवेश निषेध सम्पूर्ण गाडीहरू, एम्बुलेन्स, दमकल र पानीको गाडी बाहेक अरू सबै गाडीलाई हिजोदेखि नै बन्द गरिसकिएको छ । भोलि यहाँ मेयरसाबको अध्यक्षतामा बैठक बसेर थप निर्णय गर्छ । पार्किङको लागि न्युरोड, विशाल बजार बाहिर नै पार्किङ गर्ने र हिँडेर आउने सिस्टम सुरु भएको छ ।’
वसन्तपुरको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको महानगरको बुझाइ छ ।
मकालु खबर
२०८० असार १९ गते
प्रतिक्रिया
सम्बन्धित