ललिता निवास जग्गा काण्डमा पक्राउ परेका ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा काण्डमा पक्राउ परेका अभियुक्त ९ जनालाई थप ७ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालतले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न मंगलबार म्याद थपिदिएको हो । उक्त काण्डमा १२ असारदेखि यता प्रहरीले ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सरकारी लिखत किर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले १२ असारमा भाभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका पूर्वकर्मचारी धर्मनाथ गौतम, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । त्यसपछि प्रहरीले आइतबार काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो । सोमबार रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो।
यसअघि १३ गते ७ दिन हिरासतमा राख्न अदालतले १३ असारमा अनुमति दिएको थियो ।