ललिता निवास जग्गा काण्ड

अभियुक्त १७ जनालाई पक्राउ नगर्नू भन्ने सर्वोच्चको अन्तरिम आदेश खारेज गर्न प्रहरीको माग

काठमाडौँ । ललिता निवास जग्गा काण्डको अभियुक्त ठहर भएका १७ जनालाई पक्राउ नगर्नु भनी सर्वोच्च अदालतले यसअघि नै दिएको अन्तरिम आदेश खारेज गर्न प्रहरीले सर्वोच्च अदालतसँग माग गरेको छ । उक्त माग लिएर प्रहरी सर्वोच्च पुगेको हो । आजभन्दा १५ महिना अघि न्यायाधीश इश्वर खतिवडाको इजलासले ललिता हदम्याद नाघेकोले १७ जनालाई पक्राउ नगर्नू भनी अन्तिरिम आदेश दिएका थिए । उक्त आदेशकै आधारमा प्रहरीले पक्राउ परेका ३ जनालाई छोडिसकेको छ ।

प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले उक्त मद्दामा सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज गर्न माग गरेका हुन् ।

सर्वोच्चले दिएको अन्तरिम आदेशलाई देखाएर यसअघि पक्राउ परेका कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रिहा भएका थिए ।

तर उनीहरुलाई पक्राउ गर्न हदम्याद नगुज्रिएको पनि प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *