बेपत्ता छानविन र सत्य निरुपण आयोगको कार्यविधि थप गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले भनिन्– ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० साल पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने भन्ने निर्णय भएको छ । निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा श्री घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको छ ।’
उनले मन्त्रिपरिषद्ले गरेको अन्य निर्णयको सन्दर्भमा बुधबार सञ्चार मन्त्रालयमा सार्वजनिक गर्ने बताइन् ।