खर्च गर्न सकेनन् स्थानीय तहले
बैतडी । चालु आर्थिक वर्ष सकिन लाग्दा समेत बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेका छैनन्। हालसम्मयहाँका स्थानीय तहको विकास बजेट ७९ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख मदन मगरातीका अनुसार १० स्थानीय तहको १ अर्ब ६९ करोड ४८ लाख १८ हजार कुल पुँजीगत बजेट मध्ये ७९.५२ प्रतिशत मात्रै खर्च भएको छ। सबैभन्दा कम मेलौली र धेरै खर्च पुर्चाैडी नगरपालिकाले गरेको छ। मैलौलीले ४८.८२ प्रतिशत र पुर्चौडीले पुर्चाैडीले ९१ .८९ प्रतिशत विकासे बजेट खर्च गरेको छ।
पञ्चेश्वर गाउँपालिकाले १२ करोड ५८ लाख ९ हजार पुँजीगत बजेटमध्ये ८८.८१ प्रतिशत मात्रै खर्च गरेको छ। चालुुतर्फको ३० करोड २९ लाख २४ हजार मध्ये ८३.३६ प्रतिशत खर्च गरेको छ यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिकाले १५ करोड ७३ लाख ५७ हजार पुँजीगत बजेट मध्ये ८६.९० प्रतिशत खर्च गरेको गरेको छ। चालू तर्फ भने ४१ करोड ४७ लाख ४५ हजार मध्ये ९२.७० प्रतिशत खर्च गरेको हो।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले १९ करोड ६९ लाख ५४ करोड विकासे बजेट मध्ये ८६.३९ प्रतिशत र चालु तर्फको ४५ करोड ५२ लाख १ हजार मध्ये ९५.४२ प्रतिशत खर्च गरेको छ। सिगास गाउँपालिकाले १७ करोड ६८ लाख ६५ हजार पुँजीगत बजेट मध्ये ८४.८१ प्रतिशत खर्च गरेको छ भने चालुतर्फको ३८ करोड ८६ लाख ७० हजार मध्ये ९२.८८ प्रतिशत खर्च गरेको हो।
यस्तै डिलाशैनी गाउँपालिकाले १७ करोड ४९ लाख ९१ हजार पुँजीगत बजेट मध्ये ८३ .३१ प्रतिशत गरेको छ। यस्तै चालु तर्फको ३२ करोढ ३९ लाख १८ हजार मध्ये ९१.८९ प्रतिशत खर्च गरेको कोष तथा नियन्त्रण कार्यालय बैतडीले जनाएको छ। सुर्नया गाउँपालिकाले ११ करोड ४८ लाख ८५ हजार पुँजीगत बजेट मध्ये ८१ प्रतिशत मात्रै खर्च गरेको छ भने चालू तर्फको ३६ करोड १८ लाखमध्ये ९३.६७ प्रतिशत खर्च गरेको छ।
शिवनाथ गाउँपालिकाले १४ करोड १० लाख ७६ हजार पुँजीगत बजेटमध्ये ७६ .७७ प्रतिशत तथा चालु तर्फको २५ करोड ५५ लाख ७० हजार मध्ये ९१ प्रतिशत खर्च गरेको हो। यसैगरी पाटन नगरपालिकाले २० करोड १७ लाख ९१ हजार मध्ये ७०.७४ प्रतिशत पुँजिगत खर्च गरेको छ भने चालू तर्फ ४८ करोड २९ लाख २१ हजार मध्ये ८८.८५ प्रतिशत खर्च गरेको छ।
पुर्चाैडी नगरपालिकाले चालु तर्फको ४७ करोड १० लाख २६ हजार मध्ये ४३ करोड ८० लाख ५३ हजार अर्थात ९३ प्रतिशत खर्च गरेको छ। मेलौली नगरपालिकाले ४८ .८२ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको छ। १९ करोड ३० लाख ३३ हजार मध्ये ९ करोड ४२ लाख ४७ हजार मात्रै खर्च गरेको हो। यस्तै नगरपालिकाले चालुतर्फको ३६ करोड ३७ लाख ७९ हजारमध्ये ३१ करोड ३१ लाख ६७ हजार अर्थात् ८६.०९ प्रतिशत खर्च गरेको छ।
नगरप्रमुख भीमबहादुर चन्द (भूकम्प) ले कर्मचारी अभाव र भुक्तानी प्रक्रिया ढिलो गरी शुरु हुँदा विकासे बजेट खर्च गर्न नसकिएको बताए। ‘कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको सरुवाले विकासे बजेट कम खर्च भएको हो’, उनले भने, ‘भुक्तानी प्रक्रिया ढिलो गरी सुरु भएकाले कमी आएको हो। भुक्तानीको प्रक्रिया जारी नै रहेकाले पुँजीगत खर्च अब बढ्छ।’ -रासस