काठमाडौँको सिडिओमा जितेन्द्र बस्नेत
मकालु खबर
२०८० असार २० गते
काठमाडौँ । काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा जितेन्द्र बस्नेत नियुक्त भएका छन् ।
हालसम्म गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखामा रही प्रवक्ताको समेत जिम्मेवारीमा रहेका सहसचिव बस्नेतलाई गृह मन्त्रालयले सिडिओ नियुक्त गरेको हो ।
यसअघिका सिडिओ घनश्याम उपाध्यायलाई मंगलबार सरकारले सचिवमा बढुवा गरेको थियो ।
८ वर्षअघि सहसचिव भएका बस्नेत राष्ट्रि परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देश, प्रधानमन्त्री कार्यालयका सहसचिव, भूकम्प प्राधिकरण कार्यालयका सहसचिव भएर काम गरिसकेका छन् । त्यस्तै उनीसँग गोरखा, चितवन, पर्साको सिडिओ भएर काम गरेको अनुभवसमेत छन् ।
मकालु खबर
२०८० असार २० गते
प्रतिक्रिया
सम्बन्धित