राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिप्रका कपिलवस्तुमा
काठमाडौँ । वाणिज्य बैक लिमिटेडको ६५ औं एक्सटेन्सन काउन्टर कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर तौलिहवामा शुभारम्भ गरिएको छ । बुधबार एक समारोहका बीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरे ।
शाखा कार्यालय तौलिहवामार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुरलगायत अन्य ग्राहकले समेत बैंकिङ्ग सेवा लिन सक्ने भएका छन् ।
उक्त अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्ले लगायत कर्मचारीहरुको उपस्थिति थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा दिँदै आएको छ ।
साथै क्युआर कोड सेवा, पोइन्ट अफ सेल्स(पीओएस) सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ्ग तथा बिना इन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।