प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा राष्ट्रिय सभामा अवरोध, भाेलिसम्मका लागि बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज(बिहीबार) पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । प्रधानमन्त्रीको राजीमानामा माग्दै एमाले सांसदहरुले उठेर संसद अवरोध गरेका हुन् ।

एमालेको अवरोधका कारण शुक्रबार दिनकाे १२ बजे बैठक बस्ने गरी अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक स्थगित गरेका छन् ।

बिहीबारको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल गर्ने कार्यक्रम थियो ।

आफूलाई प्रधानमन्त्री बनाउन भारतीय मुलका व्यापारी प्रितम सि‌ंह पटक पटक दिल्ली गएकाे भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरोध गर्दै प्रधानमन्त्रीकाे राजीनामा माग्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *