प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिविरुद्ध अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरु)
मकालु खबर
२०८० असार २१ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ असारमा दिएको अभिव्यक्तिविरुद्ध नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिले नेपालको सार्वभौमसत्तामाथि आघात पुगेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले आज प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको हो ।
तस्बिरहरु
मकालु खबर
२०८० असार २१ गते
प्रतिक्रिया
सम्बन्धित