यस्तो छ आजको संसद् बैठकको कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
बुधबार प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक आज पनि अवरोध हुनसक्ने देखिएको छ । अहिलेसम्म सत्ता पक्ष र प्रतिपक्षबीच ठोस सहमति भएको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै राजीनामा माग गरेर संसद्मा अवरोध गरेको थियो ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रवारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन ।
र, आजै सो विधेयकमाथि संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद् सचिवालयले मुलुकी संहितासम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।