ललिता निवास काण्ड सरकारको स्टन्ट मात्रै हो, कारबाही गर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई भ्रष्टाचार विरोधी जस्तो देखाउनका लागि मात्रै लिलिता निवास काण्डमा कारवाही गर्न लागेको जस्तो नाटक गरेको आरोप लगाएका छन् ।

उक्त काण्डमा कारवाही गर्दा सत्ता पक्षकै मान्छेहरु पर्ने भएकोले सरकारले यो काण्डको छानविनलाई टुंगोमा नपु¥याउने उनले बताए । उनले सरकारले यो राजनीतिक स्टन्ट मात्रै गरेको उनले बताए ।

ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको नाम नदिई उनका छोरालाई दोषी देखाउन खोजिएका भन्दै असन्तुष्टि जनाए ।

स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् ।

‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो,’ उनले भने, ‘आफूलाई हिरो देखाउने स्टन्ट मात्र हो । अरु केही गर्दैन यो सरकारले । गर्दा यो गठबन्धनकै मान्छेहरु पर्ने हुन्, त्यसैले गर्दैन ।

उनले पार्टीका उपाध्यक्ष विष्णु पौडेलतर्फ संकेत गर्दै भने– ‘हाम्रो पार्टीको एउटा कसैको छोराले जमिन किनेको थियो अरे । कसैको छोराले जमिन किन्यो, धनिपूर्जा हेर्‍यो, अड्डामा गएर पास गर्‍यो । उ चाहिँ प्रमुख दोषी भन्न खोजिएको । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *