प्रितम सिंह पटक पटक दिल्ली गए भनेर प्रचण्डले झुट बोले : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको भनेर झुट बोलेको बताएका छन् । स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् ।
प्रितम सिंहले पत्रकार सम्मेलन नै गरेर आफू दिल्ली नगएको बताएको भन्दै उनले बेकारमा प्रितम सिंहलाई मुछेको बताए ।
‘दिल्लीले हामीकहाँ कोही आएको भनेको छैन,’ उनले भने, ‘प्रितम सिंहले पत्रकार सम्मेलन गरीगरी भन्नुहुन्छ– प्रचण्डलाई प्रधानमन्त्री बनाउन म दिल्ली गएको छैन । प्रितम सिंहलाई पनि बेकारमा उहाँले मुछ्नु भो । उहाँले प्रितम सिंह दिल्ली जानुभो भनेर झुट बोल्नु भो ।’
उनले भारत नेपालको मित्रराष्ट्र भएकोले नेपालको सार्वभौमसत्ताको सम्मान गर्दै नेपालको प्रधानमन्त्री आफूले बताएको नभनेको बताए ।
‘भारतले नेपालमा प्रधानमन्त्री बनाउँछु भन्दैन, उनलाई पनि थाहा छ नेपालको सार्वभौमसत्ता,’ उनले भने, ‘तर नेपालमै नेपालको र्साभौमसत्ताको मजनाक उडाइएको छ ।