एमालेको अवरोधले प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित
मकालु खबर
२०८० असार २२ गते
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगीत भएको छ । शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँसेर स्थगित भएको जानकारी दिएको हो । अघिल्लो बैठकमा पनि एमालेले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो ।
यसअघि राष्ट्रिय सभाको बैठक पनि एमालेको अवरोधकै कारण शुक्रबार कार्यसूचीमा प्रवेश गर्नै नपाई स्थगित भएको थियो ।
प्रतिनिधि सभाको आगामाी बैठक २४ असारमा बोलाइएको छ ।
नेकपा एमालेले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको भनी प्रधानमन्त्री प्रचण्डले १८ असारमा दिएको अभिव्यक्तिको विरोधमा गर्दै संसद अवरोध गर्दै आएको छ ।
एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान लिएको छ ।
मकालु खबर
२०८० असार २२ गते
प्रतिक्रिया
सम्बन्धित