बालुवाटार जग्गा काण्डमा समर्जङ कम्पनीका प्रमुखसहित थप २ पक्राउ
मकालु खबर
२०८० असार २४ गते
काठमाडौँ । बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पास गर्ने काण्डमा संलग्न रहेको अभियोगमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व नापी अधिकृत ध्रुव अर्याल र समर्जङ कम्पीका प्रमुख लोकहरि घिमिरे रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । यो संँगै ललिता निवास जग्गा काण्डमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्की, शिवजी भट्टराई, बाबुराजा महर्जन, घमनकुमार कार्की, समर्जङ कम्पनीका तत्कालिन प्रमुख रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
मकालु खबर
२०८० असार २४ गते
प्रतिक्रिया
सम्बन्धित