कोशीमा मन्त्री छनोटप्रति असन्तुष्ट माओवादी सांसदले दिए राजीनामा दिने चेतावनी

विराटनगर । कोशी प्रदेशमा मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका सांसदहरुले राजीनामा दिने चेतावनी दिएका छन् । उदयपुर– २(१) बाट निर्वाचित प्रदेश सांसद नारायण बुर्जामगरले राजीनामा दिने चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमै स्टाटस लेखेर यस्ता चेतावनी दिएका हुन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्कन गर्न सकेन’, उनले फेसबुकमा लेखेका छन्, ‘कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मनसाय बनाइसकेको छु ।’

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वमा सरकार गठन भएपछि उनी मन्त्री पदका प्रत्यासी थिए । तर, उनलाई मन्त्री नबनाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य र राजेन्द्र कार्कीलाई मन्त्री बनाइएपछि उनी असन्तुष्ट देखिएका छन् ।

थापा नेतृत्वमा सरकार बन्ने चर्चा चलिरहँदा अध्यक्ष दाहालका ज्वाइँ जीवन आचार्य र नारायण बुर्जा मगरलाई मन्त्री बनाउने चर्चा गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *