ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पुर्‍याउने काण्डमा प्रहरीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ ।

काठमाडौँबाट विराटनगर जान लागेका सचिव राउतलार्य त्रिभवन विमानस्थल काठमाडौँबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

ललिता निवास जग्गा काण्डमा उनको नाम मुछिएपछि उनलाई प्रहरीले पक्रउ पूर्जी लिएर नै पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *