चर्चित भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिमा चाहिन्छ : सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गरेका हुन् । उनले आगामी बैठक बस्नु अगावै समित सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने बताए । उनले समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभइ जानकारीका लागि पनि समितिले सो फाइलहरु उपलब्ध गराउनु आवश्यक रहेको बताए । उनले समितिमा आएका अनियमितताका प्रकरणहरु थन्क्याएर राख्नु संसदको समितिको अपमान हुने बताए । उनले संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको बताए ।

उनले भने, ‘चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ । मैले त भनिरहेको छु । एउटा बल्ल बल्ल पाएका थियौँ, बुझ्दै नबुझ्ने प¥यो, अर्को बैठकभन्दा अघि सचिवालयले दिनैपर्छ । प्रत्येक हामी मान्य सदस्यले त्यो थाहा पाउनुपर्छ । के भएको छ, के निर्णय भयो, निर्णयलाई उल्ट्याउँछौँ भनेको होइन, त्यो भ्रम परिसकेको छ, त्यो निर्णय भएको कुरा नयाँ उजुरी कहीँबाट आए हेर्नसक्छ समितिले, एकपटक टुंगिसकेको कुरा केही हुँदैन, तर जुन निर्णय भयो, त्यसलाई थन्क्याएको छ भने सरकारले थन्क्याएको भए सरकार र कुनै संवैधानिक संस्थाले गरेको छ भने संवैधानिक संस्थाले थन्क्यायो । यो संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई छैन । निर्णय नगरी थन्क्याउने कुरा गम्भीर कुरा हो । त्यो सबै आओस् ।’

सांसद केसीले समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *