अदालतको तारेख बुझ्दै बालेनले भने– आजबाट म अपराधी भएँ
मकालु खबर
२०८० असार २४ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतले आफूलाई अपराधी सावित गर्न खोजेको बताएका छन् ।
भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफूलाई अपराध गरेको जसरी तारेख पर्चा थमाएको विरोधमा उनले असन्तुष्टि जनाएका छन् ।
उनले भनेका छन्– ‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा । र, आजै प्रधानमन्त्रीज्युले छुट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’
मकालु खबर
२०८० असार २४ गते
प्रतिक्रिया
सम्बन्धित